राजनीति

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले संसद अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बुधबार संसदीय दलको बैठक बोलाएको हो ।

बुधबार विहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । भोलि संसद बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

‘संसद बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल गर्न विहान ९ बजे दलको बैठक बोलाएको एमालेका प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।