राजनीति

माधवलाई पाण्डेको आह्वान : ‘पार्टीमा फर्किनुस्, गल्ती क्षमा हुन्छ’


काठमाडौँ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् ।

कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै पाण्डेले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ ।

“माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं । तर छोडेर जानुभयो,” पाण्डेले भने, “हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।”

एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे । २०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ । पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए । नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए ।