समाचार

हुन्डाईको चाडवर्प स्कीमका विजेतालाई गाडीको साँचो हस्तान्तरण



काठमाडौँ–हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा ९एस० विजेता चेतनारायण सापकोटा ९कुपन नम्बर १६१७० लाई गाडीको साँचो हस्तान्तरण गरिएको छ ।

उक्त लक्की ड्र साउन ११ ९जुलाई २६० गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत बिजेता छनोट गरिएको थियो । कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजिवन नै अस्तव्यस्थ भएकोले गतवर्षको लक्की ड्र केही ढिलागरी भएको हो ।

साथै, भदौ २४ गते बिहिवारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गरेको छ । हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको थियो ।

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउनु हुनेछ ।‘हुन्डाई फेस्टीभ डिलाइट–२०७८’ योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’ एक वर्षको बीमा, वार्षिक कर लगायत धेरै किसिमका छुट पाउन सक्ने छन् ।