काठमाडौँ – विश्व नम्बर एक नोभाक जोकोभिचले युएस ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन्। आज बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेट गुमाएका उनले पुनरागमन जित निकालेका हुन् । उनले जेनसनमाथि १–६,६–३,६–२ र ६– २ को सेटमा जित निकाले।
३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा छन् ।
प्रतिक्रिया