राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पाँच जिल्लामा वडा अधिवेशन हुँदै



काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पाँच जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशन अन्तर्गत आज गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन हुँदैछ ।

हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । भोलि २ जिल्लामा वडा अधिवेशन भएपश्चात ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ ।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा अधिवेशन भएको थियो । १८ भदौंबाट कांग्रेसको वडा अधिवेशन शुरु भएको हो ।