राजनीति

आज निजामती सेवा दिवस, सरकारले कर्मचारीहरुलाई पुरस्कृत गर्ने



काठमाडौँ – आज १८ औँ निजामति सेवा दिवस । यसवर्ष ‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, संमृद्धि र सुशासन’ भन्ने नारासहित निजामती सेवा मनाइदैछ ।

सरकारले निजामती सेवा दिवसका सन्दर्भमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ रोगको महामारी फैलिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी आ–आफ्नै कार्यालयमा सम्भव हुने कार्यक्रममात्रै गरेर दिवस मनाउन आग्रह गरेको छ ।

नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८५ हजार निजामती कर्मचारी रहेका छन् ।