राजनीति

अमेरिकी दुतावासले भन्यो–एमसीसी बारे तथ्यमा आधारित बहस स्वीकार्छौँ



काठमाडौँ – काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसीबारे हुने बहसको पक्षमा रहेको बताएको छ । एमसीसीबारे राजनीतिक दलदेखि नागरिकको तहसम्म पक्ष र विपक्षमा बहस भइरहेका बेला दुतावासको यस्तो प्रतिकृया आएको हो ।

यसअघि सरकारले एमसीसीका विवादित विषयमा स्पष्ट पार्न आग्रह गर्दै एमसीसी मुख्यालयलाई पत्राचारसमेत गरेको थियो । यो पृष्ठभूमिमा दुताबासले सोमबार साँझ गरेको ट्वीटमा एमसीसीबारे तथ्यमा आधारित बहसलाई आँफुले स्वागत गर्ने आसय व्यक्त गरेको छ ।

सरकारले हालै मात्र एमसीसीबारे नकारात्मक टिप्पणी नगर्न विज्ञप्तीमार्पmत सचेत गराएको थियो । यसलाई अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि भनेर सरकारको आलोचना भइरहेका बेला अमेरिकी दुतावसले भने आफु अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरेको छ ।

यद्यपी उसले तथ्यमा आधारित बहस भन्नेमा जोड दिएको छ । दुतावासले लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ भनेको छ ।