कोरोना विशेष

नेपालका कोरोना संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट पुष्टि (भिडियोसहित)


काठमाडौँ – नेपालमा कोरोना संक्रमण भएका मध्यमा ८० प्रतिशतलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ । डेल्टा भेरियन्ट थप संक्रामक र जोखिमपूर्ण हुने भएकोले आम जनमानसमा चिन्ता बढेको छ । यता विज्ञले पनि यो भेरियन्टको संक्रमण बढेर तेस्रो लहर आउने जोखिम रहेको बताउछन् । विश्वका अधिकांश देशमा देखा परेको डेल्टा भेरियन्ट नेपालमा सक्रामक रुपले फैलियो । हालसम्म नेपालमा संक्रमण हुने मध्ये ८० प्रतिशतलाई कोरोना भाइरसको डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ ।

सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ । साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो फैलने गरेको पाइएको छ । संक्रमितको संख्या क्रमशः घट्दै जादा जनजीवन पहिलेकै अवस्थामा फर्किने अपेक्षा गरिरहेको बेला यसले झनै चिन्ता बढेको छ । डेल्टा भेरियन्ट अहिले सम्मकै सबैभन्दा संक्रमणकारी भएकोले नेपालमा जति सक्दो छिटो आम नागरिकलाई खोप दिन सके संक्रमणबाट बच्न सक्ने विज्ञहरु बताउछन् ।

विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई फैलिन सकने बताएका छन् । तर, अहिले पनि सर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाएको र लापरबार्ही गरेको कारणले गर्दा झनै यो भाइरसले असर गर्ने उनीहरु बताउछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरियन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ । त्यसैले कोरोनाको सबै भेरियन्टबाट मुक्ति पाउनको लागि आफैले सर्तकता अपनाउन आवश्यक छ ।