राजनीति

सरकारसँग ओलीको प्रश्न – देशका बारेमा बोल्न किन पाइँदैन ?


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देशका बारेमा बोल्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गर्नुभएको छ । युवासंघद्वारा आयोजित कार्यक्रममा सरकारलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “तुइनबाट एउटा मान्छेलाई खसालिन्छ तर तपाईँहरु बोल्ने आँट गर्नुहुन्न । नेपाली झारिन्छ तर तपाईँहरु बोल्न सक्नुहुन्न ।”

“भारत सरकारलाई थाहा छैन भने तपाईँहरु किन थाहा दिन सक्नुहुन्न ? नागरिक मारिँदा पनि चुइँक्क बोल्नसक्नुहुन्न?” उहाँले सडकमा युवा ओर्लँदा लाठी बजार्ने तर नेपाल र नेपालीबिरुद्ध बिरुद्ध कसैले केही गर्दा चुइँक्क बोल्न नसक्ने भनी सरकारको आलोचना गर्नुभएको छ ।

उहाँले सरकार बनाउन नसक्ने तर एमालेलाई सत्तोसराप गर्ने भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनी किन भन्न सक्दैनन् भनी सरकारको उपहास गर्नुभयो ।