काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ । शेयर बजार कारोबार मापक नेप्से सोमबार भने १६१ दशमलव ९४ अंकले बढेको छ । नेप्से सोमबार एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो ।
आइतबार शेयर बजार एक सय आठ अंकले घट्दा २०९ वटा कम्पनीको शेयर राताम्मे भएको थियो । सोमबार सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया