राजनीति

रूपन्देहीमा एमालेबाट निर्वाचित नगरउपप्रमुखसहित ५ जना जनप्रतिनिधिले रोजे समाजवादी पार्टी


काठमाडौँ – रूपन्देहीमा एक नगरउपप्रमुख सहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन् ।

काफ्लेसहितका जनप्रतिनिधिले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ स्थानीय तहमध्ये सातवटामा प्रमुख र आठवटामा उपप्रमुख पद एमालेले जितेको थियो । १५ जना प्रमुख र उपप्रमुखमध्ये एक जनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै रहेका छन् ।