विदेश

मोदीविरुद्ध कृषकहरु सडकमा


काठमाडौँ – भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ल्याएको नयाँ कृषि नीतिको विरोध भएको छ । उत्तर प्रदेशका झण्डै पाँच लाख कृषकले सडकमा उत्रेर उक्त नीतिको विरोध गरेको हो ।

सरकारले ल्याएको नयाँ कृषिसम्बन्धि नियमले कृषकले आफ्ना उत्पादन बिक्री गर्न सहज पर्ने र स्वतन्त्रता प्रदान गर्ने दावी गरे पनि यसले साना किसानलाई भने कर्पाेरेशनको पहुचमा पुग्न कठिनाई हुने बताइएको छ । कृषकहरुले यस्तो विवादित नीति फिर्ता गर्न भन्दै सरकारसँग माग गरेका छन् । प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले वर्तमान मोदी सरकार किसानविरोधी भएको आरोप लगाएका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तब्यस्त बनेको थियो । प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टरमा राखेर मुजफ्फानगर पु¥याइएको थियो । प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अबरोध गरेका थिए । प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौँ प्रहरी तैनाथ गरिएको थियो ।