काठमाडौँ — नेपाल र भारतबीच दशरथ रंगशालमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेको छ । नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको छ र भारतमाथि लगातार दबाब सिर्जना गरिरहेको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । भारतले घरेलु दर्शकको सामु केही दवावमा देखिएको छ ।
नेपालले पहिलो हाफमा तीन परिवर्तन गरेको छ । विशाल राई सुमन लामाको स्थान, अञ्जन विष्टले राष्ट्रिय टिममा डेब्यु गरेका खेलाडी आशिष लामाको स्थानमा मैदान प्रवेश गरेको हो भने सुजल श्रेष्ठले मैदान प्रवेश गरेको छ ।
त्यस्तै, खेलाडीको मनोबल बढाउन पूर्व प्रधानमंत्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वर्तमान गृहमन्त्री बालकृष्ण खाँड रंगशालाका उपस्थित भएका छन् ।
मालदिभ्समा हुन लागेको १३ औ संस्करणको साफ च्यामपियनसिपका लागि अहिले दुवै टीम तयारीमा छन्। दुई मैत्रीपू्ण खेलका लागि भारत नेपाल आएको हो । यसअघिको खेला गत बिहीबार असार १७ गते भएको थियो । जुन खेला १(१ को बराबरीमा सकिएको थियो । साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपाली टिमले अहिले भारतसँग प्रतिश्पर्धा गर्दै छ ।
कोभिड महामारीकै बीच भएको खेलमा दर्शकको राम्रै उपस्थिति रहेको छ । सरकारले ३ भागको एक भाग मात्रै दर्शकलाइ रंगशाला प्रवेशको अनुमति दिएको छ ।
प्रतिक्रिया