राजनीति

सुदूरपश्चिममा बन्यो माधव नेपाल नेतृत्वको सबैभन्दा ठूलो पार्टी


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा (एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको हो । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् ।

माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।