देश

तत्काल मुआब्जा वितरण गर्न बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितको माग


काठमाडौँ – बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितहरुले मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न सरकारसँग माग गरेका छन् । आइतबार बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी जलविद्युत आयोजनासँग सम्बन्धित विभिन्न समस्याहरु समाधान गर्दै र मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न र आयोजनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेको हो ।

बुढीगण्डकी प्रभावितहरुले मुआब्जासँग सम्बन्धित गुनासोलाई सुनुवाइ गरी डुबान क्षेत्रभित्र परेका सबै जग्गाको मुआब्जा पाउने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन् । डुबान क्षेत्रका बासिन्दाको सेयर स्वामित्व सुनिश्चित हुनेगरी बुढीगण्डकी आयोजनाको निर्माण मोडालिटी टुंगो लगाइ निर्माण कार्य अघि बढाउन माग गरिएको छ ।