राजनीति

मोदीको पुत्ला जलाउँदा देउवा सरकारलाई तनाव


काठमाडौँ – गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’