अर्थनीति

जनताको लगानी जोखिममा पारेको भन्दै गभर्नरको राजीनामा माग


काठमाडौँ – आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै पुँजी बजार सुधार संर्घष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । समितिले १६ बुँदे विज्ञप्ति जारी गर्दै गभर्नरको राजीनामा मागेको हो ।

गभर्नरले गरेको निर्णयको कारण बजारमा निकै ठूलो नकरात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिनु पर्ने हुँदा लगातार शेयर बजार घटिरहेको छ ।

जारी गरेको १६ बुँदे विज्ञप्तिको पहिलो नम्बरमा नै गभर्नर अधिकारीको राजीनमा माग गरिएको छ ।