काठमाडौँ – नेपाल र भारतबीच भोलि दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ५ः३० बजे सुरु हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ । भारतसँगको खेल नेपालका लागि प्रतिष्ठाको लडाईसँगै फिफा वरीयता सुधार गर्नका लागि पनि जित्न चाहन्छ । ५ हजार १०० दर्शकको साथ नेपाली टोलीलाई हुँदा भारतलाई जित्ने राम्रो अवसर हुन सक्छ ।
अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टोलीले यसभन्दा अघि भदौ १७ गते भएको खेलमा १–१ को बराबरी खेलेको थियो । जसमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाएको थियो । दोस्रो हाफपछि निकै दवावमा देखिएको नेपाल खेलको ६१ औं मिनेटमा गोल खान पुगेको थियो । भारतका लागि परिवर्तित खेलाडी अनिरुद्ध थापाले गोल फर्काएका थिए ।
खेलपछि भारतीय प्रशिक्षक इगोर स्टिम्याकले आफूहरुले जित्नु पर्ने खेल हारेको प्रतिक्रिया दिएका थिए । उनले सो खेलमा आफूहरुलार्य मैदानले पनि साथ नदिएको र कम्तीमा पनि एक दुई गोल थप गर्न सक्ने बताएका थिए । यता नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने आफूहरुले जितिसकेको खेल दोस्रो हाफको १० मिनेत सम्हालिन नसक्ने जितबाट वञ्चित हुन परेको धारणा व्यक्त गरेका थिए । अब्दुल्लाले आज हुने खेलमा भने त्यो गल्तीलाई सुधारेर उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
अब्दुल्लाले सबै खेलाडीलाई मौका दिने बताईरहदा सुरुवाती एघारमा को पर्ला भन्ने जिज्ञासा पनि रहेको छ । धेरै जसो खेलाडी युवा भएको र दशकौं देखि राष्ट्रिय टोलीबाट डेब्यूको प्रतीक्षामा रहेका खेलाडी हुँदा दोस्रो मैत्रीपूर्ण खेलमा सुरुवाती एघारमा पर्न नै चासोको विषय पनि बनेको छ । प्रशिक्षक अल्मुताइरीले टोलीमा केही सप्राइज पनि हुन सक्ने बताइरहँदा झन् त्यसप्रति चासो बड्न गएको हो ।
भारतविरुद्ध खेल्ने नेपाली टिमको ठ्याक्कै यकिनका साथ भन्न त खेल सुरु हुन केही समयअघि नै कुर्ने पर्ने हुन्छ । तर, प्रशिक्षकले गरेका संकेतलाई आधार मान्ने हो भने कप्तान र गोलपोष्टको भूमिका किरण लिम्बुले नै सम्हाल्ने सम्भावना छ । यता डिफेन्डरको भूमिकामा राईट व्याकमा गौतम श्रेष्ठ र लेफ्ट व्याकमा सुमन अर्याल हुँदा सेन्टर व्याकमा अनन्त तामाङ र दिनेश राजवंशीले सम्हाल्ने छन् ।
अघिल्लो खेलमा सुरुवाती एघारमा परेका आयुष घलान यो खेलमा भने पर्न नसक्ने सम्भावना धेरै नै देखिएको छ । नेपाली टिममा मिडका लागि धेरैको प्रतिष्पर्धा रहेको छ । यो खेलमा भने एनएसएल देखि नै सबैको नजरमा परेका पुजन उपरकोटी खेल्न सक्छन् । । त्यस्तै विशाल राई र सुरज ज्यू ठकुरी को सम्भावना पनि छ । विशालको स्थानमा तेज तमाङको पनि उत्तिकै सम्भावना रहेको छ । अघिल्लो खेलमा सुरुवाती एघारमा परेका आयुष घलानले राम्रो छाप पार्न नसक्दा यस पटक सुरुवाती एघारमा पर्न सक्ने सम्भावना निकै नै न्यून रहेको छ ।
अट्याकिङमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगीले सम्हाल्न सक्ने छन् ।
नेपालको सम्भावित टिमः
किपरः किरणकुमार लिम्बु
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, अतन्त तामाङ र सुमन अर्याल
मिडफिल्डरः पुजन उपरकोटी, विशाल राई, सुरजज्यु ठकुरी
अट्याकिङः अञ्जन विष्ट, मनीष डाँगी र नवयुग श्रेष्ठ
प्रतिक्रिया