Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

प्रदेश २ मा पहिलो पटक भारत्तोलन प्रतियोगिता सम्पन्न


काठमाडौँ – प्रदेश न–२ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्तरीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ । गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजना तथा ईश्वरपुर युवा सेवा समाजको सहआयोजनामा पुरुष तर्फ जुनियर, सब सिनियर र सिनियर तिनवटै तहको प्रतियोगिता आज सम्पन्न भएको हो ।

ईश्वरपुर नगरपालिका बयलबासमा आयोजना भएको प्रतियोगितामा आयोजक क्लबसहित राइजिंग युवा क्लब मलंगवा, युनाइटेड फिटनेस सेन्टर लालबन्दी र तराई बुल्स क्लबका खेलाडीहरुले भाग लिएका थिए । पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्ष रुपमा हेर्न पाएका दर्शक पनि निकै उत्साहित देखिएका थिए ।