देश

योग्यताक्रमका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्न अनेरास्ववियूले गरायो ध्यानाकर्षण


काठमाडौँ – नेपाली शिक्षा क्षेत्रमा आफ्ना मान्छेलाई करार गराई भविष्यमा स्थायी गर्ने प्रवृत्तिको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विरोध गरेको छ । त्रिभुवन विश्वविद्यालयलाई योग्यताका आधारमा शिक्षक छनौट गर्ने माग गर्दै उनीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

शनिबार अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै आंशिक शिक्षकलाई करार बनाउँने र करारलाई विना प्रतिस्पर्धा स्थायी बनाउने विश्वविद्यालयले चालेको कदमले नयाँ र मेधाबी जनशक्ति प्राध्यापन क्षेत्रमा प्रवेश गर्नबाट बञ्चित हुँदै आएको बताएको छ । जारी विज्ञप्तिमा विश्वविद्यालयको अप्राज्ञिक, अदुरदर्शी, अव्यवहारिक र निहित स्वार्थप्रेरित कदमको भत्सर्ना गरिएको छ ।

अनेरास्ववियूले अव्यवहारिक माग राखेर त्रि वि सेवा आयोगमा पटक–पटक तालाबन्दी गर्ने कार्य अक्षम्य रहेको र स्थगित भएका पुर्वनिर्धारित आयोगका परीक्षाहरू नियमित रुपमा सुचारू गर्न पनि आग्रह गरेका छन् । प्रतिस्पर्धाको दुनियाँमा लुटतन्त्र मच्चाउन खोज्ने शैक्षिक मतियारहरूको विरूद्धमा अनेरास्वियु चुप लागेर बस्ने नबस्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Open Photo