राजनीति

नेपाल पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र बाहिरिएको ओलीको भनाई


काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपमा एमाले नफुटेको स्प्रष्ट पारेका छन् । एमाले पार्टी फुटेको नभई केही तत्वहरु बाहिरिएकोले नेपाली जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्व बाहिरिएको जिकिर गरेका हुन् । माधव नेपालसमूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको पनि उनले आरोप लगाए ।

साथै, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमसीसी परियोजनाबारे जवाफ माग गरेका छन् । हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने प्रस्ट पार्न भनेका छन् । उहाँले हिजो काँग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता गरेको बताउँदै अहिले एमसीसी बारे मुख नखोलेको पनि बताएका छन् ।