राजनीति

भदौ २३ मा संसद् बोलाउन राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ – सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ । बजेट अध्यादेश पारित नगर्दै संसद् अधिवेशन अन्त्य गरेको भन्दै सरकारको आलोचना भएको थियो ।