राजनीति

‘जुन मन्दिरमा पुजा गर्थे त्यही मन्दिरमा थुके’


काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र उनका समूहलाई कटाक्ष गरेका छन् । उनले नेपाल नेतृत्व समूहलाई कटाक्ष गर्दै जुन मन्दिरमा पुजा गर्थे त्यही मन्दिरमा थुकेको आरोप लागएका छन् ।

आज एमालेको काठमाडौँ भेलालाई सम्बोधन गर्दै ओलीले भने ‘अस्तिसम्म जुन खाटमा बसेका थिए, त्यही खाटमा बञ्चराले हानेको हानेइ छ, अस्तिसम्ममा जुन पिर्कामा बसे त्यही पिर्का भाचेको भाचेइ छ जुन मन्दिरमा पुजा गर्थे त्यही मन्दिरमा थुकेको थुकेइ छ ।’ ओलीले नेपालको यस्तो खाले प्रवृत्तिले आफू पतन हुन खोजेको प्रष्ट हुने पनि बताए ।