राजनीति

देउवा र प्रचण्डले एमसीसी चोरबाटोबाट पास गर्न खोज्दैछ : अध्यक्ष ओली


काठमाडौँ – प्रधानमन्त्री शेरबहादूर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी चोरबाटोबाट पास गर्न खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

एमालेको काठमाडौँ भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्व सरकारले के गर्याे भन्नेलाई आफू उभिएकै स्थानबाट देखिने गरी गरेको काम देखाइदिए हुन्छ भनेका छन् । एमालेले गरेको काम खोज्न कतै जानै नपर्ने बताए । त्यही हिडेकै बाटो देखाईदिए हुन्छ, तर्दै गरेको पुल देखाईदिए हुन्छ, फोर जी सेवा उपलब्ध गराएको देखाईदिए हुन्छ । मेलम्चीको पानी काठमाडौँ ल्याए भनेर देखिई दिए हुन्छ, भन्ने प्रतिक्रिया दिएका छन् ।