राजनीति

राप्रपाको अधिवेशन कात्तिक २७ देखि


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ ।

काठमाडौँ जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ । अहिलेसम्म २२ जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ ।