राजनीति

जुम्लाका ६१ जिल्ला सदस्यमध्ये ५८ जना एकीकृत समाजवादीमा


काठमाडौँ – नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये ५८ जना नेकपा (एकीकृत समाजवादी) मा सामेल भएका छन् ।

आज पत्रकार सम्मेलन गरि अध्यक्षसहित ५८ जनाले नेकपा एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।