काठमाडौँ – नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सेमिफाइनलमा स्थान बनाएकी छन् । ४४ केजी क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरेकी हुन् ।
यो जितसँगै पलेशाले नेपालका लागि कास्यपदक जित्ने सम्भावना कायम राखेकी छन् । अब पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभसँग खेल्नेछिन् । सेमिफाइनलमा जित निकालेमा पलेशाले कास्यपदकका लागि पुनः खेल्नेछिन् ।
प्रतिक्रिया