राजनीति

आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने, सरकार जनताको नजरमा गिरिसकेको दाबी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताउनु भएको हो ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो । प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गर्ने, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।