राजनीति

माधवको पार्टीमा जान गौतमको शर्त, जबज नै हुनु पर्ने


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि आफ्नो शर्त राखेको छ । मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने उनको शर्त छ ।

शुक्रबार गौतमतको स्वकीय सचिव दीपक टमटाले वक्तव्य जारी गर्दै मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्तबाहेक अरु कुनै शर्त नराखेको उल्लेख गरेका छन् । यदि नेपालको पार्टी एकीकृत समाजवादीले आफ्नो शर्त नमाने सो पार्टीमा सामेल हुन नसकिने नेता गौतमले बताए । त्यसो त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले जबज नछोडेको बताउँदै आएका छन् ।