राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने बैठकको एजेन्डा रहेको छ ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी गराउने बताइएको छ ।