राजनीति

देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल


काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।

सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन् ।