राजनीति

सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धाबाट पार्टीको नेतृत्व चयन गरौं : सभापति देउवा (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेस औपचारिक रुपमा १४औं महाधिवेशनमा प्रवेश गरेको छ । शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेर कांग्रेसमा महाधिवेशनको प्रक्रिया सुरु भएको हो । यस सन्दर्भमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहानै भिडिओ सन्देश जारी गर्दै खुसी व्यक्त गरेका छन् ।

यस क्रममा सभापति देउवाले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । देउवाले देशभरका क्रियाशील सदस्य, नेतारकार्यकर्तालाई अधिवेशनमा भाग लिन आह्वान पनि गरेका छन् । संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नुपरेको बताउँदै सभापति देउवाले अधिवेशनमा सहभागी हुँदा भौतिक दूरी कायम गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।