समाचार

तीजका नाममा भड्किला गीत बनाउने को–को हुन् ? (भिडियोसहित)

संस्कृतिको नाममा बड्दै विकृति


काठमाडौँ – पछिल्लो समय बजारमा भड्किला तीज गीतहरु आइरेहका छन् । विवाह गरेर गएकी महिलाले आफ्ना दुख पीडा व्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिले तीजका गीतको शब्दले त्यस्तो मर्म बोक्न सकेको छैन । जसले गर्दा तीजको बास्तविक मर्म घट्दै गएको कतिपय जानकारहरु बताउछन् ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व हो हरितालिका तीज । विशेष गरी महिलाहरुले तीजमा भगवान शिवको आराधना गर्नुका साथसाथै नाचगान गरेर मनोरञ्जन लिनेगर्दछन् । यो पर्वमा विवाहित महिलाहरु आफ्नो श्रीमानको दिर्घायु तथा घर परिवारको सुख शान्तिको कामना गर्दै निरहि ब्रत बस्ने गर्दछन् । विशेष गरी तीजमा चेलीहरुलाई माइतीघर बोलाएर दर खुवाउने चलन छ । माइती र चेलीको मिलन हुने पर्वको रुपमा लिइने तीजलाई कतिपय महिलाहरुले वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँने र साथी संगीहरुसँग मिलन हुने भएकोले खुशीको रुपमा लिन्छन् । त्यस्तै घर परिवार साथीसंगी भेला भई दुख पिडाको भावनालाई गीतमार्फत पोख्ने र सबैसंग रमाइलो गरी मनाउने चलन छ ।

तर, पछिल्लो समय तीजमा गाइने गीतहरूमा न तीजको मर्म बोक्ने शब्द छन् न त प्रस्तुति नै ।अहिले तीजको गीतमा चेलिको बेदना नभई रमाइलोको नाममा भड्किलो शव्दको प्रयोग हुने गरेको छ । जसले गर्दा तीजको बास्तविक मर्म घट्दै गएको छ ।

सांस्कृतिक परम्परा नै नझल्किने यस्ता गीतहरु बजारमा आउदाँ परिवारसंग बसेर सुन्न समेत नमिल्ने र भिडियोमा प्रयोग भएका पोषाकहरु पनि हेर्न लाएकको नै छैन । तीजमा प्रयोग हुने भाका शब्दको मर्म नै मर्ने गरी बनाईएको छ । यो वर्ष विगतको जस्तो तीज गीत बजारमा नआए पनि अधिकांश तीज गीत चर्चित गायक गायीकहरुले नै ठट्याउली पाराको निकालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अघिल्लो वर्षमा जस्तो रौनक नदेखिए पनि तीज गीतमा मौलाउँदो विकृतिले यस वर्ष पनि विशाल स्थान पाएको छ। विगतका पुराना तीज र अहिलेको आधुनिक तीजलाई समेत नजिकबाट नियाल्दै आएका गायक गायीकाहरुले भने भड्किला गीतहरुको आयु नहुने भएकोले मौतिखतामा जोड दिन आग्रह गर्दछन् ।

तीज गीतमा आएको विकृति र तीज मनाउने परम्परामा आएको परिवर्तन देखेर तीजको मौलिकता जोगाउन लागि परेका गायिकहरु भने दुःखी देखिन्छन्। तीजको अवसरमा विशेषगरी महिलको पीडा, व्यथा झल्किने खालका गीतहरुको सिर्जना हुनु पर्ने र संस्कृतिक जोगाउने खालको हुने पर्ने लोकदोहोरी गायकहरु बताउछन् ।

अहिलेको कतिपय गीतलाई तीजको गीत भन्न नै नसुवाउने खालका छन् । तीजको गीतमा प्रयोग भएका भेषभुषामा पनि संस्कृति झल्किन सकेको छैन । विषयवस्तुमा फरकपन ल्याए पनि आफ्नो मौलिकता, संस्कृति र भेषभूषालाई लोप हुन नदिनु कलाकर्मीको दायित्व पनि हो ।