राजनीति

कित्ता परिवर्तन : पौडेल पक्षको पत्रकार सम्मेलनमा गगन थापा सहभागी


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो गरेको पत्रकार सम्मेलनमा नेता गगनकुमार थापा पनि सहभागी भएका छन् ।

महामन्त्रीमा उठ्ने घोषणा गरेका उनी यसअघि तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूहमा थिए । तर बिहीबार सानेपामा भएको पत्रकार सम्मेलनमा उपस्थित भएर उनले आफूलाई पौडेल समूहमा उभ्याएका हुन् ।

गगन यसअघि नवौँ महाधिवेशनमा पनि महामन्त्रीमा लडेका थिए । त्यसबेला पौडेल समूहबाट उठेका शशांक कोइराला महामन्त्रीमा विजयी भएका थिए । थापा र उनका ससुरा अर्जुनरसिंह केसी पराजित भएका थिए ।

सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल समूहबाट आधा दर्जन नेता र तेस्रो धारका कृष्ण सिटौला र देउवा समूहकै विमलेन्द्र निधि पनि अहिलेबाटै मैदानमा देखिएका छन् ।