राजनीति

सिंहदरबारमा प्रचण्ड र नेपालबीच ‘वान टु वान’ भेटवार्ता


काठमाडौँ– सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच के ‘वान टु वान’ वार्ता भएको हो ।

सरकारको हिजो बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि दुईको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भएरनभएकोबारे अध्ययनका गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।