राजनीति

विदेशीको नाङ्गो हस्तक्षेप हुँदा शीर्ष नेता किन बोल्दैनन् ? देउवाको बुइ चढेर क्रान्तिकारी भइदैन


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा विदेशी हस्तक्षेप भइरहेका बताउँनु भएको छ । उहाँले विदेशीहरुको स्वतन्त्र रुपमा नाङ्गो हस्तक्षेप हुँदा पनि नेताहरु चुप बसेको बताउनु भएको हो ।


उपाध्यक्ष रावलले योहो टेलिजिनको बुधबार राति प्रशारण भएको विशेष कार्यक्रम सत्य संवादमा बोल्दै विदेशीको हस्तक्षेपमा पनि नेताहरु चुप बसेको भन्दै आक्रोश पोख्नु भएको हो । साथै, माधवकुमार नेपाल समूहलाई कटाक्ष गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवाको बुई चढेर कोही पनि क्रान्तिकारी नहुने प्रतिक्रिया दिनुभएको छ ।