काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
नेपाल र भारत बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् । खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । तर, कोरोनाको दुबै मात्रा खोप लगाएको वा पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने छ । टिकटको मुख्य एक हजार र दुई हजार तोकिएको छ ।
नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म हुने तालिका रहेको छ । बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।
प्रतिक्रिया