राजनीति

३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता,चीनसँगको सीमा समस्या अध्ययन गर्न समिति बनाइयो


काठमाडौँ – नेपाल सरकारले चीन सँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । आज साँझ प्रधानमन्त्री निवाश बालुवाटामा बसेको मन्त्रीपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।

यस्तै सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकले माओवादी जनयुद्ध,२०६२/६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनस्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोश्रो संसोधन २०७८ स्विकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गर्ने दावा तेन्जिङ्ग शेर्पाको टोलीलाई प्रोत्साहन स्वरुप जनही १ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।