अर्थनीति

चाडपर्व नजिकिएसँगै बजार मुल्य आकाशिन थाल्यो , सरकारको अनुगमन देखावटी मात्र


काठमाडौँ – नेपाली बजारमा दौनिक उपभोग्य वस्तुको मुल्यवृद्धि हरेक दिन उकालो लागि रहेको छ । दशै तिहार लगायतका राष्ट्रिय पर्वहरु नजिकिएसँगै कोरोना महामारी कै बीच बजारमा चहलपहल बढ्न थालेको छ । नियमविपति कृत्रिम रुपमा बढाएको महंगी नियन्त्रणका लागि सरकारले बजार अनुगमनमा जोड दिए पनि खासै प्रभावकारी देखिएको छैन । हरेक वर्ष जस्तै यो वर्षको चाडवाड पनि नेपालीका लागि महंगो पर्ने निश्चित छ ।

सामन्यतय अर्थशास्त्रीय परिभाषा अनुसार कुनै पनि बस्तुको उत्पादन र मागको अनुपात नमिल्दा मुल्य वृद्धि हुने गर्दछ । अर्थात् माग बढि र उत्पादन कम भए मुल्य वृद्धि हुने गर्दछ । यो अन्तराष्ट्रिय अभ्यास पनि हो । तर नेपालमा भने उत्पादनले बजार धाने पनि सामानको माग बढ्यो भने कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेर भए पनि सामानको मुल्य बढाउने पुरानो चलन छ । नेपालको आयातित अर्थबजारका कारण कालोबजारी र महंगी सामान्य जस्तै बनेको छ । कोरोना संक्रमणका कारण वस्तुको आयातमा पनि पहिलेको जस्तो सहज वातावरण छैन । चाडपर्व नजिकिदै गर्दा पुनः बजारमा वस्तुको मुल्य वृद्धि हुन थालेको छ । दैनिक उपभोग्य बस्तुहरुको मुल्य वृद्धि भएको व्यापारीहरु बताउँछन ।

नेपाल राष्ट्र वैकको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा ३.६० अंकले मुल्य वृद्धि भएको उल्लेख छ । गत असार मसान्त सम्मको वित्तीय स्थिति हेर्दा खाद्य पदार्थको मूल्यवृद्धि आकाशिएको छ । घ्यू तथा तेलमा १७.५४ र दाल तथा गेडागुडीमा १०.६५ प्रतिशत मूल्यवृद्धि भएको छ । खाद्य तथा पेय पदार्थको ५ प्रतिशत मूल्यवृद्धि भएको छ । विगत केहि महिना यता तेल,चिनी,पेट्रोलको अत्याधिक मुल्यवृद्धि हुँदा विरोध समेत हुँदै आएको छ । नेपाली बजारमा सामानको मुल्य वृद्धि हुनुमा सरकार नै दोषि रहेको अधिकारकर्मीहरुको आरोप छ । अन्तराष्ट्रिय बजार र आयतिय सामान भन्दै सरकारले व्यापारीहरुको दवावमा सर्वसाधरण ठग्ने गरेको तर्क धेरैको छ । सरोकारवालाहरुको मिलेमतो र रणनीतिक योजना अनुसार नै बजारमा मुल्य वृद्धि हुने गरेको उपभोतmा अधिकारकर्मीहरुको दावी छ ।

यता बजारको अवस्था र अनुगमनको जिम्मेवारी सम्हाली रहेको वाणिज्य,आपूर्ति तथा उपभोतm संरक्षण विभागले बजार अनुगमनमा मात्र नभई नियम विपरित मुल्य तोकेका उत्पादक तथा खुद्रा व्यापारीलाई समेत कारवाहीको दायारा ल्याउने गरेको दावी गर्छन । बजार अनुगमनलाई प्रभावकारी र उपभोतmमैत्री बनाउन उपभोतmा नै सचेतना अपरिहार्य रहेको बताउँछन वाणिज्य,आपूर्ति तथा उपभोतm संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल ।

हरेक चाडपर्वमा आकासिने बजार भाउ यो पटक अझ कोरोना महामारीकोे बहानामा आकाशिने निश्चित छ । उपभोतm भन्दा व्यापारीमैत्री प्रशासनतन्त्रका कारण बजार अनुगमन बाट नागरिकले राहत पाउन सकेका छैनन् । खुला बजार नीतिका कारण व्यापारीले आफु खुशी वस्तुको मुल्य निर्धारण गर्ने परिपाटीका कारण पनि उपभोतmा संधै मारमा छन । पछिल्लो बजार मुल्यवृद्धिलाई आधार मान्ने हो भने यो पटकको चाडवाड अझ महंगीमा मनाउनु पर्ने देखिन्छ । जुन आम नेपालीको नियति नै बन्ने गरेको छ ।