राजनीति

बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा


काठमाडौँ – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले पदबाट दिएका छन् ।

एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका खनालले आज पदबाट राजीनामा दिएका हुन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त भएका थिए ।

मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय (हेटौंडा) मा उपस्थित भएर उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए ।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुन् । एमाले नेता शाक्यले आफू मुख्यमन्त्री भएकै दिन खनाललाई मन्त्रीमा नियुक्ति गरेकी थिइन् । एमालेका ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ ।