राजनीति

यी हुन् काँगेसमा महामन्त्रीका दाबेदार, कसले मार्ला बाजी ?


काठमाडौँ – नेपाली काँग्रेसको संस्थापन पक्ष र इतर पक्षबीचको विवाद मत्थर बनेसँगै अब तोकिएकै मितिमै महाधिवेशन हुने सम्भावना बढेको छ । यससँगै नेतृत्वका लागि नेताहरुको दौडधुप शुरु भएको छ । नेताहरुले आफ्नो चाहना अनुसार उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

नेपाली काँग्रेसभित्र युवा पुस्ताको रोजाइ र लोकप्रिय छबी बनाएका नेता गगन थापाले सोमबार आफ्नै वडाबाट महामन्त्रीमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरे । आसन्न १४ औं महाधिवेशनमा महामन्त्री लड्ने नेताहरुको अनुहार खोजी भइरहेका बेला थापाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

थापाले यसअघिको १३ आंै महाधिवेशनमा समेत महामन्त्री लडेका थिए । तर त्यतिबेला बीपी पुत्र शंशाक कोइरालासँग पराजित भए । थापाको हारलाई लिएर युवाहरु तर्सिएको विश्लेषणसमेत हुने गरेका छन् । अहिले पुनः १४ औँ महाधिवेशनमा पनि महामन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थापा निर्णायक तहमा पुग्नका लागि जोडबलले लागिपरेका छन् ।

उनलाई महामन्त्रीको बलियो उम्मेद्वारका रुपमा हेरिएको छ । तर संस्थापन र इतर पक्षबाटै महामन्त्रीमा आकंक्षी लामबद्ध देखिदा थापालाई चुनौति भने छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा महामन्त्रीका आकांक्षीमा सहमहामन्त्री डा. प्रकाशरण, नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की एनपी साउद र विश्वप्रकाश शर्मा उम्मेद्वारी दिने तयारीमा छन् । त्यस्तै संस्थापनइतर समुहको तर्फबाट थापासंग डा. मिनेन्द्र रिजाललाई समेत प्रमुख दावेदार मानिएको छ । त्यसबाहेक गुरुराज घिमिरेलगायतका नेताहरु पनि इच्छा देखाएका छन् । उनले नेताहरुले लोकतान्त्रिक पार्टी हाक्ने इच्छा राख्नु स्वाभाविक हुने बताए ।

पार्टी नेतृत्वका लागि सभापति पछिको सबैभन्दा बलियो र महत्वपूर्ण मानिएको पद हो महामन्त्री । त्यसैले पनि आकंक्षीहरुको ताती यसमा लामै देखिएको छ । जसमा सबैभन्दा धेरै दोस्रो तहका नेताहरुको बाहुल्यता रहेको छ । केही भने तेस्रो तहका नेताहरुले समेत महामन्त्रीमा आकंक्षा देखाएका छन् । भिडियोसहित–