राजनीति

मन्त्रिपरिषद् विस्तारले गठबन्धनमा किचलो, माधव र उपेन्द्रको टक्करले समस्या



काठमाडौँ – नयाँ सरकार गठन भएको ४८ दिन वितिसक्दा पनि अझै मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद विस्तारका लागि सत्ता गठबन्धन दलहरुनिरन्तर छलफलमा छन् । तर मन्त्रालय वाँडफाडकोे विषयमा सहमति जुट्न नसक्दा मन्त्रीपरिषद विस्तारमा ढिलाई भैरहेको छ ।


गठबन्धनको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवालेसरकार सम्हालेको४८ दिन वित्यो। असार २९ मा चारमन्त्री सहित सपथ खाएका देउवाले ४८ दिनको अवधिमा एक राज्यमन्त्री थप्ने बाहेक अरु केहि लछारपाटो लाउन सकेनन् । अधिकांश मन्त्रालयहरु मन्त्रीविहिन छन । जस्ले गर्दा मन्त्रालयको दैनिक कामकाज प्रभावित भैरहेको छ । केहि दिन अगाडि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न चाहानेहरुको दवावले आफु मनासिक तनाव समेत भएको बताएका थिए । व्यतm नगरे पनि अन्य सबै गठबन्धनका दलभित्रको आन्तरिक व्यथा यहि हो । मन्त्रालय कम र मन्त्री बन्न चाहानेहरुको संख्या ठूलो भएपछि मन्त्री छान्न दलहरुलाई हम्मेहम्मे परेको छ ।तर कतिपय मन्त्रीका आकाँक्षीहरुले भने पदको सुनिश्चितता नहुँदै आफ्नो योजना बुनिसकेका छन् ।

मंगलबार बसेको सत्ता गठबन्धनको वैठकले मन्त्रालय टुङगो लगाउने धेरैको आँकलन थियो । तर नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय छान्ने विषयमा विवाद भएपछि वैठक विना निर्णय टुङगिएको छ । यद्दपी शीर्ष नेताहरु भने भोलिसम्म विवाद समाधान गरेर मन्त्रिमण्डललाई पूर्णता दिने प्रयासमा लागिरहेका छन् । दलका नेताहरुको मन्त्री मोहले मात्र नभई एमाले विवादका कारण पनि मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको थियो । माधव नेपाल समूहले पार्टी फुटाएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका प्रधानमन्त्री तत्पश्चात पनि विभिन्न झमेलामा परिरहेका छन् । यता राजनीतिक विश्लेषकहरु भने नागरिकको अपेक्षाहरु पुरा गर्नुपर्छ भन्ने जिम्मेवारी महशुस सरकारले गर्न नसक्दा पनि मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको तर्क गर्छन् ।

संवैधानिका व्यवस्था अनुसार प्रधानमन्त्री सहित २५ सदस्यीय मन्त्रीमण्डल बनाउन पाउने संवैधानिक व्यवस्था छ ।अहिले संघिय संसदमा कांग्रेसका ६१,माओवादीका ४९, एकीकृत समाजवादीका ३० र जसपाबाट २० जनासासद रहेका छन । यी सबै सांसदहरुमा मन्त्री मोह मात्र छैन मन्त्री बन्न पाउँ भनेर नेतृत्वलाई दवाव नै दिईरहेका छन । अझ रोचक त राष्ट्रिय राजनीतिमा सक्रिय तर सांसद नभएकाहरु पनि मन्त्री बन्ने महत्वकांक्षीमा छन । उनीहरु ५ महिनाका लागि मात्र भए पनि मन्त्री बन्न पाउँ भनेर हार गुहार नै गरिरहेका छन। यस्तो अवस्था गठबन्धनले मन्त्री र मन्त्रालयकोव्यस्थापन कसरी गर्ला भन्ने विषय सर्वत्र चासोपूर्ण बनेको छ । भिडियोसहित–