राजनीति

सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डामा जुटेन सहमति



काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको छ । यद्दपी आजको बैठकमा मन्त्रालय भागवण्डाबारे भने सहमति जुटेको छैन ।

भोलि बिहान पुनः बैठक बसेर मन्त्रिमण्डल विस्तार टुंग्याउने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।

देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा जनस्तरबाटै सरकारको आलोचना भइरहेको छ ।