राजनीति

भागबण्डा नमिल्दा सत्ता गठबन्धनको बैठक निर्णय विहीन, सरकार विस्तारबारे अझै अन्योल


काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको मंगलबारको बैठक पनि निर्णय विहीन भएको छ । सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्ष विहीन भएको हो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो।

गठबन्धनमा आवद्ध दलबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनबीच आज दिउँसो पनि छलफल गर्ने बताइएको छ । ​

एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरु जारी थिए । अहिले गठबन्धनमा आवद्ध दलहरुबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा छन् ।