राजनीति

सत्ता गठबन्धनका बैठक जारी, मन्त्रालय भागबन्डाबारे छलफल हुने


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा मन्त्रीपरिषद् बिस्तारबारे छलफल हुने बताईएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

बैठकमा कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने तयारी रहेको दाबी छ । प्रचण्डले सोमबार आफ्नो पार्टीको स्थायी कमिटिमा मन्त्रीपरिषद् बारे मंगलबार छिनोफानो हुने बताएका थिए ।