मौसम

मनसुनी वायुको प्रभाव कायमै : केही प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।

मंगलबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर सामान्य बदली रही केही वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक/दुई भीषण वर्षाको सम्भावना रहेको छ ।