राजनीति

उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल


काठमाडौँ – पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल भारतमा लामो समयको उपचारपछि आज स्वदेश फर्किने भएका छन् । दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किएका हुन् ।

खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

नेता खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् ।