राजनीति

झलनाथलाई स्वागत गर्न माधव नेपाल एयरपोर्टमा


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वेदेश फर्किँदैछन् ।

खनाललाई स्वागत गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । नेता खनालले भारतको एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।