राजनीति

माधव कामरेड ! तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ : प्रदीप नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।

‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्, ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’