विदेश

चीन र रुसको सिमाना जोड्ने ‘रेलवे पुल’ को निर्माण सम्पन्न


काठमाडौँ – रुस र चीनको सिमाना जोड्ने पहिलो रेलवे पुलको निर्माणकार्य सात वर्षपछि सकिएको छ । ऐतिहासिक संरचना मानिएको यस रेलवेलाई ‘चाइना–रसिया तोङजिआङ– निजनेलेनिन्सकोये पुल’ को नाम दिइएको छ । यसले चीनको उत्तरपूर्वमा रहेको तोङजिआङ शहरलाई अमुर नदिसँगै रहेको रुसको सिमानालाई जोड्दछ । यो परियोजना चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्र्तगत पर्दछ ।

२ हजार २१५ मिटर लामो यो पुलको निर्माण सम्बन्धी दुवै देशले २०१४ मा घोषणा गरेका थिए । विश्वका दुई सर्वाधिक ठूला मुलुकलाई जोड्ने यो एक मात्र पुल भने होइन । २०१९ मा चीनको हेल्हेलाई रुसको अर्को शहरसँग जोड्ने पुल पनि सार्वजानिक गरिएको थियो । तर यस किसिमले पुलमाथि रेल सेवाको निर्माण गरिएको चाहिँ यो पहिलोपटक हो ।

त्यस्तै यिनै दुई शहरबीच विश्वकै पहिलो सिमाना वारपार गर्ने केबल कार निर्माण गर्ने योजनामा पनि काम भइरहेको छन् । यस मार्फत पर्यटकहरुले आठ मिनेटमै एउटा देशबाट अर्कोमा पुग्न सक्नेछन् ।

चिनियाँ राष्ट्रिय रेडियोका अनुसार यस पुलको निर्माण सम्पन्न हुँदा चीनको हेइलोजाङ प्रान्तबाट रुसी राजधानी मस्काउ सम्मको दुरी ८०९ किलोमिटरले छोटो भएको छ । अर्थात यात्राको समयमा पनि १० घण्टा कटौति भएको छ । यो पुलले वार्षिक २ करोड १० लाख मेट्रिक टन बराबरको कार्गो धान्न सक्ने बताइएको छ । सीएनएन